Connect IPS
IME Life

लुम्बिनी विकास बैंकले विभिन्न विद्यालयहरुमा वितरण गर्यो शैक्षिक सामग्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकले नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरेको छ । बैंकले देविघाट शाखाले बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

बैंकले विदुर अनगरपालिका वडा नं ३ स्थित श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक वितरण गरको छ ।

Prabhu
Crest

त्यस्तै वडा नं. ५ अवस्थित श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयमा बालकक्षाका विद्यार्थीहरुको शारीरिक, मानसिक एवं बौद्धिक विकासका लागि १ थान खेलकुदको सामाग्री र बेलकोटगढी नगरपालिका वडा नं ८ अवस्थित श्री कल्याणीदेवी माध्यामिक विद्यालयको लागि १ थान कलर प्रिन्टर सहयोग गरको छ ।

सामाग्रीहरु बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्तान्तरण गरे । उक्त सहयोग गरेकोमा श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकार र श्री कल्याणीदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनीले लुम्बिनी विकास बैंकलाई धन्यवाद व्यक्त गरेका थियो ।

उक्त हस्तान्तरण समारोहमा बैकका मुख्य प्रबन्धक दिपक खनाल, वरिष्ठ प्रबन्धक भेषराज गौतम, शाखा प्रमुख रमेश कुमार नेपाल लगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS