काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १० दशमलव २३ अंकले घटेर १,९४२ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने ६६ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।
आज १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।