Connect IPS
IME Life

नुवाकोटमा विकासको ठूलो सम्भावना छः अर्थमन्त्री डा. महत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘चीनसँग जोडिएको रसुवागढी धेरै टाढा छैन । व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना छ ।’

‘मन्त्री डा. महतले भने,, ‘नुवाकोट खाद्यन्नमा आत्मनिर्भर छ । निर्यातका वस्तु धेरै छन् । कृषि उत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ । कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो, अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं । कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं ।’

Prabhu
Crest

कृषि उत्पादन, फलफुल खेती, चिया कफीलगायत तमाम कृषि उत्पादनको नुवाकोटमा सम्भावना छ । त्यसमा पनि महिला दिदी बहिनीहरुले अगुवा गर्नुपर्छ । महिला दिदी बहिनीहरुकै नाममा हामीले औद्योगिक पार्कको पाँचखालमा घोषणा गरेका छौं । त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्ने मन्त्री डा. महतले बताए ।

बाटोको सञ्जाल निर्माणमा केही समयदेखि नुवकोटमा अवरुद्ध छ । पहिला लगानी भएको थियो, बीचमा अबरुद्ध भयो । अहिले सुरु हुन थालेको छ । त्रिशुली–बालाजु सडकमा नेपाल सरकारले नै कार्यान्वयन गर्ने गरी बजेट परेको छ । गंगटेबाट समुन्द्रटार हुँदै भञ्ज्याङसम्म पुग्ने सडकमा यथेस्ट बजेट परेको छ । चाहे सूर्यगढी जाने बाटो होस् वा विभिन्न गाउँपालिका जाने बाटोमा बजेट परेको मन्त्री डा. महतले जानकारी दिए ।

उनले सिमरा सिँचाइको नहर बिग्रेको अवस्था छ । ढिकुरेको पनि त्यस्तै अवस्था छ । त्यसलाई पनि हामीले बजेट राखेका छौं । त्यो निर्माण भइसकेपछि १२ महिना सिचाइँको सुनिश्चिता हुनेछ । त्यसलाई समयमै ठेक्का लगाएर कार्यान्वयन गर्नुहोस् हामीले भनेका छौं । तपाईंहरुको पनि सहयोग चाएको बताए ।

एक नम्बर निर्वाचन क्षेत्रमा मात्र बजेट राखेछ भनेर कतिपयलाई लागेको छ । दुई नम्बरमा पनि केन्द्रको प्रशस्त बजेट छ । विदुर नगरपालिकामा ढललगायत निकासको ठूलो समस्या छ । त्यसका लागि ६५ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको जानकारी दिए ।

उनले भने, ‘हामी साथीहरु पार्टीले गरेको कामबारे प्रचार गर्दैनन् । एकअर्कालाई सानो देखाउन सामाजिक सञ्जालमा हामी हत्त न पत्त टिप्पर्णी गरिहाल्छौं । फलानोले जस पाउँछ कि भन्ने होइन यसको जस पार्टीले पाउँछ । त्यसपछि मात्र पार्टीले गरेपछि भनेर जनताले थाहा पाउँछन् । जो उम्मेदवार भए पनि त्यसपछि मात्र जनताले कांग्रेसलाई मत हाल्छन् । महिला दिदी बहिनीको अगुवाइमा हिजो, आज र भोलि गर्ने कामको प्रचार हुनुपर्यो ।’

‘छहरे–टोखा सुरुङ मार्ग लामो समयदेखि चर्चामा रह्यो । यसलाई निर्णायक मोडमा पुर्याउनुपर्छ भनेर मैले एक अर्ब बजेट राखेको छु, यद्यपि यो ५० अर्ब लाग्ने आयोजना हो । अहिलेको प्रयासले पुग्दैन, मन्त्री डा. महतले भने, ‘प्रधानमन्त्रीज्यूको टोली चीन भ्रमणमा जाँदैछ । हामीले यो सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेका छौं । त्यो भयो भने यसले पूर्णता पाउँछ । यो निर्माणमा समय लाग्छ, त्यसैले धैर्यताको आवश्यकता छ ।’

शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा .महतले भन, ‘महिलालाई लागेको कुरा गीत र नृत्यमार्फत तीजमा मात्र अभिव्यक्त गर्ने चलन पुरानो भयो । लोकतन्त्रमा हामी हरेक दिन तीज मनाउँछौं । ३६५ दिन नै हामीलाई लागेको कुरा भन्न पाउँछौं । घर बाहिर होस् वा घरभित्र हामीले चाहेको पेशा व्यवसाय गर्न पाउँछौं ।’

अहिले महिला दिदी बहिनीको युग भएको स्पष्ट पार्दै मन्त्री डा. महतले भन, ‘महिला दिदीबहिनी सशक्त हुनुपर्ने पक्षमा नेपाली कांग्रेस छ । सशक्तिकरण र समावेशीको अभियान नेपाली कांग्रेसले सुरु गरेको हो । यो कुरा संविधानमा स्थापित भएको छ । अहिले एकतिहाइ महिलाको सहभागिता छ, आउँदा दिनमा महिला सहभागिता बढ्दै जानेछ ।’

महिलाको तुलनामा पुरुषको ठूलो संख्या विदेशमा छ । विकास, सामाजिक परम्परा र संस्कृतिको संरक्षणको अगुवाई महिला दिदीबहिनीहरुले गरिरहेका छन् । पुरुषहरु अस्थिर हुन्छन्, महिलाहरु स्थरिताको प्रतिक हुन् । महिलाले जिम्मेवारी पाए भने पुरुषभन्दा गम्भीरताका साथ पूरा गर्छन् ।

राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको नेतृत्व तहमा महिला दिदीबहिनीहरु आउनुपर्छ । यसका लागि आत्मविश्वास बढाउनुपर्छ । महिलालाई अगाडि बढाउन सशक्तिकरणको अभियानले मद्दत गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS