IME Life
GBIME

नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको छ। बैंकले भदौ २५ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। उक्त ऋणपत्र पर्सि आइतबार बोलकबोलमार्फत बिक्री गरिने जनाएको छ। यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

यस ऋणपत्रको ब्याजदर पनि बोलकबोल मार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ भदौ २५ गते परिपक्व हुनेछ।

Crest

यसऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ। बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

3.Suchana-for-web-Upload_DONE

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS