Connect IPS
IME Life

नेप्सेमा २८ अंकको गिरावट हुँदा १ अर्ब १५ करोडको कारोबार, २०३ कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार २८ दशमलव ९२ अंकले घटेर १,९३२ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनकिो शेयर मुल्य बढेको छ भने २०३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज २७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिवर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सोल्टी होटलको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै शुवभ पावरको लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । इङवा हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७१ प्रतिशतका दरले गुमाएका छन् । सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS