IME Life
GBIME

एउटा पर्खाई बीमा उद्यमशिलता को…

SPIL
NIC ASIA new
NLIC

सुचना र प्रबिधी बिराट उद्योगको रूपमा देखा परे सङ्गै सिलिकन उपत्यका उद्यमशिलता को केन्द्र बन्न पुगेको छ । सुचना र प्रबिधिका क्षेत्रमा भएका प्रबर्तन र नब प्रबर्तनले हामीले जिउने जीवनशैलीमा परिबर्तन ल्याएको मात्र छैन हजार संभावनाका लाख ढोका खोली दिएको छ । तर उद्यमशीलता सिलिकन उपत्यकामा मात्र फष्टाउछ भन्ने लघुताभास बाट मुक्त हुन ढिलो भैइ सकेको छ । किनभने उद्यमशिलता अर्थतन्त्रको कालापत्थर हो । औद्योगिकरण पछि जति पनि राष्ट्र धनी भएका तिनिहरुको दुर उडान उद्यमशिलता बाट भएको छ । कुनै ब्यक्तीले थोपा–थोपा पानी सरी सुचना र जानकारी जम्मा गर्दछ । सुचना र जानकारीमा मानव बिबेक भरे पछि त्यो सुचना ज्ञान बन्दछ । ज्ञानमा सिर्जनशिलता पोते पछि त्यो कला बन्दछ । कलामा अभ्यस्त भए पछि कला अनुसारको मनोवृत्ति र आचरण निर्माण हुन्छ । मनोवृत्तिले ब्यहार निर्धारण गर्दछ भने ब्यबहार र ज्ञान सङ्गै एकै चोटि अभ्यास गर्दा त्यो अनुशासन बन्दछ । यी सबै कुरा एकै चोटि देखिँदा उद्यमशीलता निर्माण हुन्छ । उद्योग हरू स्थापित हुन्छन । उत्पादन सुरू हुन्छ र अर्थतन्त्र सबल हुँदै जान्छ ।

नेपालको सन्दर्भमा कलेज पढ्ने हरू कि प्रशाशक बन्ने गरेका छन भने कि शाशक । उद्यमी पनि बनेका छन तर त्यो संख्या उल्लेख्य रूपमा कम रहेको छ । हाम्रो समाजमा सबै भन्दा ठूलो सफलता मान्ने वा हाम्रो घरमा सबै भन्दा ठूलो खुशी आउने हामीले लोकसेवा पास गरेको दिन हो । तर हामी भन्न सक्छौ ? लोकसेवा पास गर्ने हरूले देशलाई के दिए ? अथवा कुनै निजामती कर्मचारीले भन्न सक्छ ? म काम गर्ने अफिसले महिनामा यति रुपैयाँ आम्दानी गर्छ र बर्सेनि यति रुपैयाँँ नाफा कमाउछ ? २ अर्ब पोर्टफोलीयो भएको कुनै एउटा बैंकको एउटा शाखा संचालन गर्न ७ जना कर्मचारी पर्याप्त हुन्छ्न भने बार्षीक २१ करोड बजेट चलाउने एउटा गाउँपालिका चलाउन किन सयौ शाशक, प्रशाशक गौणा–गौणामा बसेका छन ? स्नातक पास गरेर अधिकृत बनेको एउटा रहर लाग्दो युवा नागरिकताको सिफारीस बनाएर दिन बिताई रहेको हुन्छ । लोकसेवा पास गर्ने हरू सङ्ग कुनै पुर्बाग्रह होइन तर अब बहस गर्नै पर्छ कहिले सम्म शाशक बन्ने ? कहिले सम्म प्रशाशक बन्ने ? अनि कहिले उद्यमी बन्ने? उद्यमी बन्न आफ्नो नाममा कम्पनी दर्ता गर्नु पर्छ भन्ने होइन । निजामती कर्मचारी भएर निजामती सेवा भित्र पर्बर्तन र नबप्रबर्तन ल्याउनु पर्दछ । अर्थात हामी जो जहाँ छौ त्यही ठाँउमा उद्यमी भएर बाच्न सक्नुपर्छ र अन्य यद्यमी हरु पनि बाच्न सक्ने परिस्थिति निर्माण गर्नु पर्दछ । आउनु होस, आजको क्लास रूम एण्ड बियोण्ड शृङ्खला मा बीमा उद्यमशिलता र यसको वास्तविकताका सम्बन्धमा कुरा गरौं ।

Crest

१. पृष्ठभुमि
पहिला उद्यमशिलता जन्म्यो होला कि पहिला बीमा ? पहिला पसिना बग्यो होला कि पहिला पसिना पुछ्ने रूमाल बन्यो होला ? पहिला पानी पर्यो होला कि पहिला छाता बन्यो होला ? पहिला धर्तीको धुलो बन्यो होला कि पहिला जुत्ता बन्यो होला ? पहिला भागिरथी बग्यो होला कि पहिला पूल बन्यो होला ? हो, बीमा त्यही रूमाल हो । त्यही छाता हो । त्यही जुत्ता हो । त्यही पूल हो । हाम्रो जीवनशैली, समाज र संस्कृती भागिरथी हो । गङ्गा हो । जून अबिरल बगि रहन्छन । गङ्गा तर्न कोही पूल बनाउलान । कोही तुईन जोड्लान त कोही नाउ खियाउलान । त्यो पूल, त्यो नाउ, त्यो तुईन बीमा हो । पूल, तुईन, र नाउ भनेको के हो ? आशा । जीवन जीउने आशा, भोलि देख्ने आशा, नया संभावना देख्ने आशा र सम्यक अर्थात अनन्त आशा । हो बीमा त्यही आशा हो ।

समय सङ्गै उद्यमशिलताका रूप फेरिन्छन । ४००० बर्ष पहिले ईजिप्ट र मेसोपोटामियामा पिरामिड बन्ने गर्दथे । तर अचेल ईजिप्टमा पिरामिड बन्दैनन । अचेल कायरो को कथा अर्कै छ । ७०० बर्ष ईसा पुर्ब चिनमा ग्रेट वाल बनेको थियो । अहिले बेईजिङ्गको प्राथमिकता अर्कै छ । रोमको सभ्यता, सिन्धुघाटी को सभ्यता लगायत सबै सभ्यता र बिकासक्रम हरू हेर्दा उद्यमशिलताका रूप र प्रारूप भिन्न–भिन्न छन । उद्यमशिलता बद्लिन्छ तर बीमा कहिल्यै बद्लिदैन । किनकी बीमा आशा हो । आदीकालमा साम्ब सदा शिबले आशालाई योग भने किनभने बियोग भनेको निराशा हो । त्यही योग बीमामा पूलिङ्ग -pool, re–insurance, insurance fund_ हो । महाभारतकाल मा राधा–कृष्णले परम सदबिश्वास को कुरा गरे । नछोइ वा शारिरिक भोग नगरी माया गर्नु बिश्वास वा आस्था  हो भने । आज बीमा दाबी भुक्तानी लिएर तोला–तोला सुन किन्ने हरूले बुझुन बीमा बिश्वास हो । बीमाका डाडु–पन्यु हातमा लिने हरूले मनन गरून् बीमा बिश्वास हो । रामयणकालमा राम–सीताले हिताधिकारको कुरा गरे । हित को माया छुटेर लङ्का पुगे पछि रामले सीता लाई आफू सङ्गै राखे किनभने उनले हित सम्झिए । रेटिएको हृदय सम्झिए । सीता लङ्का पुगेपछी राबणले सीता लाई बगैचामा राखे । किनकी उनले पनि हिताधिकार सम्झिए । आम जनताले तिरेको बीमाशुल्कमा मोज गर्ने हरूले सोचुन त्यो बीमाशुल्क को हिताधिकारी अरु नै हो र भोग चलन गर्ने अधिकार पनि उनीहरूकै हुनु पर्दछ भनेर ।

दक्षिण एसिया जित्छु भन्ने सम्राट अशोक जीबनको पछिल्लो समय बुद्ध खोज्दै लुम्बिनी आए । बुद्ध बीमा हुन । उनले संघ को अबधारणा दिएका छन । मनोशान्ती र मनोबिनोदको अबधारणा दिएका छन । बीमा मनोशान्तीती हो । बीमा मनोरमा हो । गोर्खा बाट जुर्माएर एकीकृत राष्ट्र निर्माण गर्ने पृथ्बी नारायाण शाह ले जीबनको पछिल्लो समय देवघाट मा बिताए । देवघाट बीमा हो जसले जीवनको मूल्य बुझाउछ । जनताले भने अनुसार ३६ सालमा जनमत संग्रह गरेका, ४७ सालमा बहुदलिय प्रजातन्त्र स्थापना गरेर समय चिन्न सक्ने राजाको चिनारी दिएका बिरेन्द्र शाह र उनको परिवार एक रातमा एक चिहान भए । राजा बिरेन्द्र बीमा हुन । जसले पाइला–पाइलामा निहित र पाईला–पाइला मा अन्तर्निहित जोखिम को चित्र देखाउछन । पुर्खाले देहरादुनमा गढी बनाए । सिन्धुलीमा सिन्धुलीगढी, मकवानपुरमा मकवानपुरगढी, उदयपुर मा चौदन्डीगढी, डडेलधुरामा अमरगढी, बझाङ्गमा देवल लगायत थुप्रै गढीहरू बनाए । ती गढीहरू बीमा हुन । जसले आक्रमण हुदा क्षती कम गर्न मदत्त गर्दथे ।

योगको आदि काल देखि सुचना प्रबिधिको आधुनिक काल सम्म पुग्दा उद्यमशिलता वा कर्म अघि–अघि अनि बीमा पछि–पछि लागेको देखिन्छ । बि.स. २०२४ सालमा राजा बिरेन्द्रको गाडी नेपाल भित्रीयो अनि राष्ट्रिय बीमा संस्थानले गाडीको बीमा गर्न थालेको हो । बि. स. २०७० साल तिर रुपन्देहीमा सिपी शर्माले अस्ट्रिच फर्म सुरू गरे । त्यस पछि अस्ट्रिच बीमा आएको हो । जुग–जुग देखिको रैथाने कृषि कर्महरू का लागि बीमा नै आएको छैन । एउटा आम नेपालीले बीमाको महशुस गर्न बैदेशिक रोजगारमा गएर मर्नै पर्ने स्थिती छ । देशमा बस्ने हरूको बीमा गर्ने गरेको छैन ।

२. सेवामा नबप्रबर्तन
अहिले दिई रहेको सेवामा नबिन बिशेषता हरू थप्नु वा छुट्टै सेवा सुरू गर्नु नबप्रबर्तन हो । उदाहरणका लागी चालू स्वास्थ्य बीमामा उमेरको हदबन्दी हटाएर सबैका लागि स्वास्थ्य बीमा खुल्ला राख्नु नेपालको लागि नबिन प्रबर्तन हो । त्यही कुरा जर्मनी वा स्विडेनका लागि नबप्रबर्तन हैन । अहिले माटो र ढुङ्गा बाट बनेका घरहरूको बीमा गरिदैन । कुनै कम्पनीले यिनिहरूको बीमा गर्न थाल्यो भने त्यो नबप्रबर्तन हो । कतिपय कम्पनीहरूले नबप्रबर्तनको नाम मा बीमा को प्रस्ताब फाराम अनलाईन भराउने तर बीमालेख लिन फेरि कम्पनीमै जानुपर्ने प्रणाली लाई नै नौलो उद्यमशिलता भनेका छन । यो भनेको त प्रबिधी मैत्री बैंकिङ्ग् भनेर टोकन सिस्टम लागू गर्ने तर टोकन लिएर लाईन बस्नु पर्ने अबस्था जस्तो भएको छ ।

सबै कम्पनीहरूको बित्तीय बिबरणहरू हेर्दा बीमाशुल्क आर्जन बर्षौ देखि एकै किसिमका बीमालेख बाट भई रहेको छ । अझ अचम्मको कुरा त बीमालेख बेच्ने पनि नियामक अनि कसरी बेचेको छ भनेर नियमन गर्ने पनि नियामक रहेको छ । तथापी बीमामा नबप्रबर्तन ल्याउन सकिने सेवाहरू थुप्रै छ्न । हरित अभ्यास हरूमा बीमा सेवा दिन सकिन्छ । सम्पदा संरक्षणका लागि बीमा सेवा तयार गर्न सकिन्छ । स्वरोजगार र सिमान्त क्षेत्रमा ईलम गर्ने हरू लाई के सेवा दिने हो अहिले सम्म टुङ्गो छैन । कम्पनी हरूबाट कतिपय प्रयास भएका पनि छन तर ती प्रयास मुल ब्यापारमा समाहित हुन सकेका छैनन ।

३. प्रक्रिया मा नबप्रबर्तन
सेवा उहीँ दिएर सेवा दिने प्रक्रिया मा नबिनता ल्याउन सकिन्छ । यसको मतलब नया बोत्तल मा पुरानो रक्सी भन्ने उखान चरितार्थ हुदैन । कि रक्सी बनाउने प्रक्रिया नवीन हुनु पर्यो, कि बोत्तल बनाउने, कि बोत्तल प्याक गर्ने वा कि बोत्तल खोल्ने तरिका नवीन हुनु पर्यो । जस्तैः ठूलो बोत्तल बियरको बिर्को खोल्ने तरिका र क्यान को बिर्को खोल्ने तरिका फरक छ । बीमालेख डिजाईन गर्ने देखि दाबी भुक्तानी गर्ने प्रकिया मा नबिनता ल्याउनु प्रक्रियामा आधरित नबप्रबर्तन हो । उदाहरणको लागि स्वास्थ्य बीमाको दाबी भुक्तानी तेस्रो पक्ष प्रशाशक बाट गर्न लगाउनु स्वास्थ्य बीमा प्रक्रियामा नबिनता हो ।

सामाजीक उत्तरदायित्वको नाममा हरियो टि–सर्टमा “प्रकृति बचाउ“ को नारा दिएर शहरमा -याली निकालेर प्रकृति बाच्दैन । प्रकृति बचाउन प्रकृतिको बीमा गर्नु पर्दछ । हरेक बर्ष प्रत्येक बीमा कम्पनीले सामाजीक उत्तरदायित्वको लागि २० लाख मात्र छुट्ट्याएर त्यो रकमले सिमान्त उद्यमीको बीमा गरि दिने हो भने कति प्रभावकारी हुन्थ्यो होला । घ्यु कहाँ पोखियो ? दाल मा । एका तिर आफ्नै कम्पनीको रकम आफ्नै कम्पनीमा रह्यो । अर्कोतिर बीमा मा सिमान्त जनताको पहुँच स्थापित भयो । जसरी कलेजले शाशक र प्रशाशक तयार गर्ने होडबाजी गरिरहेका छन । ठिक बिपरित बैंक तथा बीमा कम्पनीले उद्यमी तयार गर्न सक्छन । हिसाब गर्नुस, सामाजीक उत्तरदायित्व का नाममा हुल जम्मा गरे आज हाकिम को भाषण पत्रीकामा आउँछ । तर, पहुच बाहिरका जनताका प्रयास लाई बीमा ले सुरक्षित गरि दिए हाकिम सापको नाम ईतिहास मा आउँछ । बीमा गर्ने गराउने प्रकिया बदली दियौ भने त बीमाले पनि ईतिहास लेख्न सक्दो रहेछ । केही महिना पहिला सिलिकन भ्याली बैंक समस्यामा पर्यो । सन २००८ देखि सन २०१२ सम्ममा हजारौ साना–ठुला बैंक डुबे । तर तिनिहरू लाई डुबाउने हरूको पृष्ठभुमी हेर्दा तिनिहरू अधिकाँँस ठुला व्यापारी छन । संकटमा साथ पाएका सिमान्त जनताले ब्याज सहित सावा चुक्ता गरेका छन ।

प्रकृयामा आधारित नबप्रबर्तनको कुरा गर्दा पांग्राको आबिष्कार लाई लिन सकिन्छ । पांग्रा भन्नाले ठेलागाडाको पांग्रा त हो नै त्यो भन्दा बढी यो बृत्त  हो । पांग्रा राखेन भने डुङ्गा हुन्छ । जब पांग्रा जडान हुन्छ त्यो पानी जहाज हुन्छ । पांग्रा राखेन भने घडी–पाला हुन्छ । पांग्रा राख्यो भने त्यो रोलेक्स वा यस्तै घडी बन्छ । हामीले कम्प्युटर चलाई रहदा सिपियु भित्र कति वटा पांग्रा घुमिरहेका हुन्छ्न । बीमा व्यापार वा बीमा उद्यमशिलतामा त्यो पांग्रा कुन हो ? पहिचान गर्न सक्नु पर्छ । हामीले काम गर्ने कम्पनीका कतिवटा पांग्रा सञ्चालन मा छन र कति वटा पांग्रा डिग्गि मा छन ? तिनिहरुको पहिचान हुनुपय्रो । नभए के हामी पांग्रा बीना नै त कम्पनी हाकी रहेका छैनौ ?

४. क्षेत्रगत नबप्रबर्तन
आफुले काम गरिरहेको क्षेत्रमा आफ्नो अवस्थिती परिमार्जन गरि बजारको आवश्यकता पुर्ती गर्नु क्षेत्रगत नबप्रबर्तन हो । आफ्नो व्यापार समाजको कुन बर्गलाई लक्षित गरेर चलिरहेको छ र त्यो व्यापार त्यही बर्गमा मात्र निर्भर रह्यो भने कति दिगो बन्दछ भन्ने कुराले मात्र स्थान परिमार्जन गर्ने वा नगर्ने भनने कुरा निर्धारण गर्दछ । जस्तो आईफोन ले आफ्नो स्थान कहिले परिबर्तन गरेन । आईफोन को ग्याजेट हरू बोक्नु सिमान्त आय भएका उपभोक्ताका लागि असम्भव प्रायः छ । तर साम्सुङ्ग ले २ हजार देखि २ लाख सम्मका मोबाईल निकालेको छ । एयरलाईन्स कम्पनी हरूले प्रीमियम, बिजनेस र इकोनोमी गरि क्षेत्र निर्धारण गरेका छन ।

बीमा कम्पनी हरूको व्यापार कुन क्षेत्रको हो भनेर निर्धारण गर्दा कहिले–काहीँ नबप्रबर्तन समेट्न सकिन्छ । बैंक बाट करोडौ ऋृण लिएर ब्यबसाय गर्नेहरूका लागि बीमा कम्पनी हरुले बिशेष सेवा दिने गरेका छन । बीमा कम्पनी हरूको यो अभ्यासले समाजको ठूलो हिस्सा बीमा बहिस्करणमा परेको छ । जब कुनै मान्छे समाज बाट अलग हुन्छ तब उ एक्लो हुन्छ । एक्लो मान्छेले लिने निर्णय खतरनाक हुन्छ ।

उद्यमशीलतामा त्यही खतरनाक निर्णय सिर्जनात्मक विध्वंस -disruptive innovation_ भएर आउँछ । जब सिर्जनात्मक विध्वंस आउँछ तब बजारमा रहेका बहालवाला उद्यमी लाई सुरु–सुरुमा “केटा–केटी आए गुलेली खेलाए” भने जस्तो महशुश हुन्छ । तर बहालवाला ले छोडेको बजार मा स्टार्टअप ले आफ्नो उत्पादन बिस्तार गरि सकेको हुन्छ । कालन्तरमा बहालवालाको ब्यबसाय तहसनहस हुने स्थिती देखिन सक्छ । त्यसैले यसलाई सिर्जनात्मक विध्वंस भनिएको हो ।

हामी बैंकमा ब्यबसाय गर्न तछाड मछाड गर्छौ तर बैंकको भुई तलामा रहेको ग्यारेज मा जान आनाकानी गरि रहेका हुन्छौ । देशमा आज युवा भेट्न मुस्किल छ । कम्तिमा कोही युवा ग्यारेज खोलेर त बसेका छन । त्यसैले ग्यारेज देशको सबै भन्दा ठूलो उद्यम हो । बिदेश जाने हरूको लहर बाट अलग भएर कसैले वायरिङ्ग त कसैले प्लम्बिङ्ग गर्दैछन । वायरिङ्ग र प्लम्बिङ्ग देशको ठुलो उद्यम हो । ग्यारेज, वायरिङ्ग र प्लम्बिङ्ग लाई बीमाको दायरामा समेट्नु पनि एउटा नवप्रवर्तन हो ।

सन २००४ सम्म ८४ हजार कर्मचारी भएको ब्लकबस्टर कम्पनी नेटफ्लिक्सको उदय सङ्गै सन २०१० मा टाट पल्टियो । नोकियाको अबस्था उस्तै भयो र माईक्रोसफेटले किनेर चलाई राख्दा पनि अझै माथि उठ्न सकेको छैन । अघिल्लो बर्ष नाफामा गएको कोडाक ले अर्को बर्ष कम्पनी बन्द हुने स्थिती आउला भन्ने सोचेको थिएन । सायद माथि उल्लेखित कम्पनी हरुले क्षेत्र र अवस्थिती परिमार्जन गरिदिएको भए यिनी हरूको नतिजा केही फरक आएको हुन्थ्यो कि ? यदि बीमा कम्पनीहरूले अहिलेका जल्दाबल्दा समस्या हरूले निम्त्याएको जोखिम लाई नजरअन्दाज गर्ने हो भने उनीहरू पनि कोडाक बन्न सक्छन । हिमालयन देशहरूको अहिलेको प्रमुख समस्या फोहोर ब्यबस्थापन सङ्ग लड्नु रहेको छ । यसका चुनौती र यसले निम्त्याउने जोखिमको कसरी बीमा गर्ने ? हरेक बर्ष बनमा आगो लाग्छ । बनको बीमा कसरी गर्ने? लगायत दर्जनौ कुरा हरू बीमा प्रक्रियामा समाहित हुन सकिरहेका छैन । अतः क्षेत्रगत नबिनतामा बीमा बिशिष्टिकरण पनि एउटा अबधारणा हो । जस्तो कति कम्पनी मरिन ( सामुनिद्रक व्यापार) ब्यवसायको मात्र बीमा गर्छन त कति उड्डयन क्षेत्र को मात्र ।

५. नबप्रबर्तनमा छलाङ्ग
कहिले काहिँ कम्पनीहरूले नब प्रबर्तनमा छलाङ्ग ल्याउन सक्छन । छलाङ्ग भनेको गरि रहेको कार्य अर्को तरिका बाट गर्ने हो । जस्तो मोहम्मद युनुस ले कर्जा दिदा समूह लाई नै धितो राख्ने प्रणाली जुन स्थापना गरे त्यो बैंक कर्जाका क्षेत्रमा छलाङ्ग थियो । डा. सन्दुक रुइतले आखाको उपचार गर्न जुन पद्धती आबिष्कार गरे त्यो छलाङ्ग थियो । अहिलेका बीमा कम्पनीहरूले बिचका माध्यमहरू लाई एकातिर राखेर बीमा सेवा प्रबाहमा अनलाईन बनाए भने त्यो छलाङ्ग हुने देखिन्छ । एक हप्ता भित्र दाबी भुक्तानी दिए भने त्यो छलाङ्ग हुने देखिन्छ । स्वास्थ्य बीमा बोर्डले वास्तविक समयमा दर्ता गर्ने प्रणाली ल्याउनु छलाङ्ग थियो । अब बीरामी अस्पतालमा बसुन्जेल वास्तविक समयमा नै दाबीको भुक्तानी दिन सके त्यो अर्को छलाङ्ग हुनेछ । कुनैपनि ब्यवसाय भित्रका मुल्य श्रृखंलामा निहित बिभिन्न चरणहरुमा थरि–थरि बीमालेख जारि नगरि एउटै बीमालेख जारि गर्न सक्यो भने त्यो अर्को छलाङ्ग हुन सक्छ ।

६. सारांस
एक वर्षमा छ चोटी ऋतु फेरिन्छन । हरेक ऋतु प्रकृतीका लागि नबिन पल हो । यद्यपि बसन्तका बारेमा मात्रै कविता लेखिए जस्तो उद्यमशिलताका बारेमा लेख्दा सिलिकल उपत्यकाका बारेमा मात्र बढी लेखिए होलान । तर महाकवि देवकोटाले आईन्स्टाईन हरु कुना–कुनामा सुतेका छन भने जस्तो जनता त ईमान्दारिताका साथ बिदेश गएर भए पनि ईलम गरि रहेका छन । हामीले कल्पना सम्म पनि गर्न नसक्ने ठाउँमा कोही आलु फलाउदै छन । सिरेटोले कानमा हान्दा पनि स्याउ फलाउदै छन । हुम्ला–नाम्खा देखि दार्चुला–कुन्जि सम्म, बैतडी–डौन्याठ देखि ईलाम–शिरुबारि सम्म जनताले त पसिना बगाएका छन । बर्दघाट सुस्ता हेरौ । नवलपुर भैसालोटन हेरौ । र, तिलाठी कोईलाडी हेरौ । जनताले कहाँ बेईमानी गरेका छन ? जनताले कहिले बेईमानि गरेका छन ? गरिबि निवारणको ६० अर्व पैसाा कसले लियो ? युवा स्वरोजगार कोषको १० अर्व पैसा कहाँँ गयो ? कुनै दिन हिसाव पनि मागिएला तर यत्ति चाही भन्न सकिन्छ राज्यले ईलम गर्ने जनतालाई पल–पल निमोठेको छ । उद्यमीहरु का सपना चरण–चरणमा गर्भ बाटै हराएका छन ।

सुधार गर्नैपर्ने ठाँउहरु तमाम होलान तर आर्थिक उदारिकरण पछि सबैभन्दा बढी संस्थागत बिकास र संस्थागत शुशाशन भएको क्षेत्र बैंक र बीमा कम्पनीहरु हुन । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुको उल्लेख्य हिस्सा यही क्षेत्रले ओगटेको छ । यदि बैंक र बीमा कम्पनीका अभ्यासहरुमा सिमान्त उद्यमीहरु अटाएनन भने तथाकथित सामाजि सुरक्षाका कार्यक्रमले केही प्रभाव पार्न सक्ने अवस्था देखिदैन ।

काठमाण्डौंमा अफिस राख्यो भने लघु बीमा भन्न मिल्दैन भनेर बिराटनगर, भरतपुर, धनगढी, सुर्खेत, पोखरा, जनकपुर र बुटवलमा लघुबीमाका अफिस राख्ने भन्दा उपल्लो स्तरमा नबप्रवर्तन ल्याउन सक्नु पर्छ । जसरि काम गर्न नजान्दा लघु वित्तहरु बदनाम भए र जसरि मिटर ब्याजिको आन्दोलन र लघु वित्तको आन्दोलन एकै हुन भन्ने आम बुझाई स्थापित भयो । यहि समस्या भोली सबै क्षेत्रमा देखा पर्ने सम्भावना पनि उत्तिकै छ । अतः सेवामा नविनतामा ल्याउन सकेको खण्डा “नेपालमा यस्तै हो !” भन्ने मासिकता परिवर्तन गरेर नेपालमा “यस्तो पनि छ” भन्ने अभ्यास स्थापित गर्न सकिन्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS