काठमाडौं । साविक प्रिमियर इन्स्याेरेन्स कम्पनीकाे प्रारम्भदेखि जाेडिएका आइटी प्राेफेशनल राजेश प्रसाद श्रेष्ठ अहिले सिद्धार्थ प्रिमियर इन्स्याेरेन्समा आइटी हेडकाे जिम्मेवारीमा छन् । बीमा कम्पनीकाे बजारीकरण, सामान्य प्रशासन, मानव संशाधन विभाग हुँदै सूचना प्रविधि विभागसम्मकाे यात्रा तय गरेका श्रेष्ठले अहिले सिद्धार्थ प्रिमियर इन्स्याेरेन्समा डिजिटल ट्रान्सफरमेशन अभियानकाे नेतृत्व गरि रहेका छन् । उनै श्रेष्ठकाे नेतृत्वकाे टाेलीले हालै एसपीआइएल डिजि नामक सेवा सञ्चालनमा ल्याएकाे छ। यसै सन्दर्भमा इन्स्योरेस खबरले श्रेष्ठसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छः
एसपीआइएल डिजि ल्याउनुकाे खास उद्देश्य के हाे ?
एसपीआइएल डिजि अहिले हामी जति पनि परम्परागत तरिकाले बीमा गरि रहेका छाै, त्यही कामलाई डिजिटली ट्रान्सफर्म गर्ने उद्देश्यले ल्याइएकाे हाे । याे सेवाले बीमालेख किन्ने, बीमा दाबी गर्ने र दाबी भुक्तानी गर्ने कागजी र भाैतिक प्रकृयालाई डिजिटल र अभाैतिक बनाएकाे छ।
एसपीआइएल डिजि ल्याउने साेंच कसरी आयाे ?
मर्जर पछिकाे चुनाैती सामना गर्नका लागि हामीले बजारमा नयाँ केही पहिचान लिएर जानुपर्छ भन्ने आवश्यक्ता उच्च व्यवस्थापनलाई बाेध भयाे । हुनपनि अहिले वैश्विक बजारमा पनि बीमा क्षेत्र डिजिटलाईज भइरहेकाे छ,छिमेकी मुलुक भारतमै पनि बीमा उद्याेगले डिजिटल प्रविधिकाे प्रयाेग उल्लेख्यरूपमा गरि रहेका छन्। अब हामी पनि डिजिटल फ्रेममा नआइकन हुँदैन । हाम्राे जस्ताे देशमा काेभिड(काेराेना महामारी) पछि पनि यसकाे लागि केही वातावरण बनेकाे छ। याे सेवा लक्ष्यकाे रूपमा नभएर एउटा यात्राकाे रूपमा शुरूवात गरेका छाैं,हामी क्रमबद्धरूपमा सेवाहरू याे प्रणालीमार्फत् लागू गर्दै पूर्ण डिजिटलाइज गर्ने छाैं ।
सूचना प्रविधिकाे प्रयाेग गर्दै गर्दा साइबर सेक्युरिटीका चुनाैतीहरु पनि जाेडिएर आउँछन् । त्याे पाटाेलाई कसरी हेर्नुभएकाे छ?
सूचना प्रविधिकाे प्रयाेगसँगै साइबर सुरक्षाका चुनाैतीहरू पनि जाेडिएर आउँछ, तपाईले जति उच्च प्रविधिकाे प्रयाेग गर्नुहुन्छ, त्यसकाे सुरक्षासँग जाेडिएका विषयवस्तु पनि उत्तिक्कै संवेदनशील हुन्छन् । साइबर सुरक्षामा नेटवर्क सुरक्षा, एप्लिकेशन सुरक्षा, इन्फरमेशन सुरक्षा, अपरेशनल सुरक्षा र इण्ड युजरलाई दिनुपर्ने सुरक्षाका विषय जाेडिएकाे हुन्छ । हामीले साइबर सुरक्षाका यी सबै आयामलाई सम्बाेधन गर्ने निरन्तर प्रयास गरेका छाैं। हामीले तेश्राे पक्षलाई तथ्यांकमा पहुँच हुन दिएका छैनाैं । हाम्राे डाटा सर्भर आफ्नै परिसरमा छ। यसकाे सुरक्षाका लागि फायरवाल र एण्टी भाइरसकाे जडान गरेका छाैं । समय समयमा सूचना प्राविधिको अडिट र त्यस संगै गरिने भिएपिटि परिक्षणबाट कमि कमजाेरी पत्ता लगाउँदै कमजाेरीहरूमा सुधार गर्दै सुरक्षा बढाउँदै लगेका छाै ।
तथ्यांककाे सुरक्षा र बीमितकाे गाेपनियतालाई कसरी सम्बाेधन गर्नु भएकाे छ ?
बीमितकाे तथ्यांक र गाेपनियता कायम राख्नका लागी हामीले हाम्राे डाटा तेश्राे पक्षलाई शेयर गरेका छैनाैं । बीमाशुल्क संकलन र दाबी भुक्तानीका लागि सेवा प्रदायकहरुसँग नन डिस्क्लाेजर एग्रिमेण्ट गरेर हामीले एपिआई मार्फत् नियन्त्रित जानकारी बाँडे पनि महत्वपूर्ण र संवेदनशील सूचनाहरुमा पहुँचबाट बाहिर राखेका छाैं ।
नेपालकाे सन्दर्भमा डिजिटल अवधारणा कतिकाे आवश्यक छ ?
अहिलेकाे बदलिंदाे परिवेशमा उपभाेक्ताहरू एकदमै डिमाण्डिङ छन्, उनीहरूले साेच्ने बित्तिक्कै सेवा दिइ हाल्नुपर्छ भन्ने धारणा बलियाे हुँदै गएकाे छ। हामीले पनि द्रूत सेवा दिनका लागि डिजिटल प्रविधिकाे भरपुर प्रयाेग गर्नु जरुरी छ। बीमा व्यवसायमा दाबी संवेदनशील विषय हाे। बीमा गर्ने भन्ने पनि दाबी पाउनकै लागि हाे । हाम्राे बीमा उद्याेग एक हिसाबमा पुरानै ढर्राले चलि रहेकाे छ।
त्यसैले केही फरक गर्नुपर्छ, उपभाेक्तालाई केही द्रूत सेवा दिनुपर्छ, केही सहज बनाउनुपर्छ भन्ने लागेर हामीले दुई घण्टामै सानाे रकमकाे बीमा दाबी फर्छ्याैट गर्ने प्रणाली विकसित गर्न संभव भयौ । एक त अहिलेकाे व्यस्तताकाे समयमा उपभाेक्तासँग समय छैन । अर्काेतर्फ व्यक्ति पिच्छेका फरक फरक आवश्यक्तालाई सम्बाेधन गर्न व्यक्तिगत सेवा दिनु पनि अपरिहार्य छ। ताकि उनीहरुले व्यस्तताकाे बावजुद पनि आफ्नाे सुविधा अनुसार घरमै वा कार्यालयमै बसेर बीमाका लागि आवेदन दिन वा दाबी फारम भर्न सक्ने छन् । सुविधा सहज र झण्झट रहित हुँदा यसले व्यापारकाे आयतन पनि बढाउँनेछ।
एसपीआइएल डिजि सेवालाई कसरी अघि बढाउने याेजना छ?
अहिले शुरूमा हामीले पचास हजार रुपैयाँसम्मकाे दाबीलाई हामीले पूर्णतः डिजिटलाइज गरेका छाैं । एकैपटक ठूलाे रकम राख्दा माेरल हजार्ड(नैतिक जाेखिम) पनि आउन सक्छ। यसकाे परिक्षणबाट कस्ताे प्रतिकृया आउँछ। अर्काे दुई तीन महिनामा कस्ताे नतिजा आउनेछ। बजारकाे प्रतिकृया, प्रणालीगत चुनाैतीहरूकाे अध्ययन गरेर आवश्यकता अनुसार क्रमशः यसमा थप्दै लैजाने सोच छ ।
याे सेवा शुरू गर्दा आइपरेका चुनाैतीहरु कस्ता थिए ?
नयाँ सेवा शुरु गर्नु अघि आइपरेकाे समस्याहरु भन्दा पनि सराेकारवालाहरुलाई यसबारे बुझाउन शुरु शुरुमा गाह्राे थियाे । तर पटक पटककाे छलफल र अन्तरकृयापछि याे संभव भयाे । डिजिटल प्रविधिलाई बढीभन्दा बढी अपनाउने साेचाई पहिले देखि नै थियाे । अवधारणा र माेडालिटीबारे छलफल मात्र भइरहेकाे थियाे, हामीले करिब ३ महिनाकाे निरन्तर प्रयासबाट याे संभव बनायौ । याे सेवा निरन्तरता र दीगाेरुपमा रहन्छ भन्ने हाम्राे दीर्घकालीन उद्देश्य नै यही छ। यसलाई अझै परिस्कृत गर्दै लैजानु पर्छ ।
थाेरै प्रसंग बदलाैं, तपाई बीमा उद्याेगमा कहिले र कसरी जाेडिनुभयाे ?
साविक प्रिमियर इन्स्योरेन्स काे शुरुवात देखि नै काम गर्ने अवसर मिल्याे, म बीमा क्षेत्रमा २९ वर्षदेखि कार्यरत छु । मैले याे अवधिमा बीमा बजारिकरण, प्रशासन, मानव संशाधनदेखि लिएर सूचना प्रविधि विभागमा समेत अनुभव लिने माैका मिल्याे । मैले व्यवस्थापन विषयमा स्नातकाेत्तर तहकाे अध्ययन पुरा गरेपछि एमबिए प्लस गर्दा सफ्टवेयर डेभलपमेण्ट विषयमा शैक्षिक याेग्यता हासिल गरे ।
शुरूवाती चरणमा बीमा कम्पनीकाे काराेबार आकार र शाखा पनि सीमित हुँदा अहिलेकाे जस्ताे धेरै विभागहरु हुँदैन थिए, मल्टीटास्किङ्ग हुनुपर्थ्याे, त्यसै शिलशिलामा मैले प्रशासनमा काम गर्दा गर्दै सूचना प्रविधि विभागमा पनि अनुभव लिने अवसर जुर्याे ।
पुनः मुख्य विषयवस्तुमै प्रवेश गराैं, तपाईकाे अनुभवमा सूचना प्रविधिलाई लिएर बीमा उद्याेगकाे अबकाे बाटाे कस्ताे हुनेछ ?
आजकाे दिनमा डिजिटल रुपान्तरण एकदमै आवश्यक छ। परम्परागत शैलीबाट थाेरै बाहिरिएर सूचना प्रविधिकाे माध्यमबाट इन्स्याेरेन्सकाे डाइमेन्सन नै परिवर्तन गर्ने हाे । उपभाेक्ताले बीमाका लागी भाैतिकरुपमा कागज बाेकेर यताउता दाैडादाैड गर्नु नपराेस्, दाबी गर्दा पनि आरामले कतै कुनामा बसेर गर्न सकाेस् भन्ने हामी सबैकाे साझा साेचाई हुनुपर्छ। अरु कम्पनीले पनि क्रमशः यस्ता प्रविधिमा आधारित सुविधाहरु लागू गर्दै लग्याे भने यसले समग्र बीमा उद्याेगकाे विकासका लागि नै ठूलाे याेगदान पुर्याउनेछ।