Connect IPS
IME Life

मुक्तिनाथ कृषि कम्पनीले शुभारम्भ गर्यो विभिन्न ५ वटा कृषि संरचना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विभिन्न ५ वटा कृषि संरचनाहरुको शुभारम्भ गरेको छ । कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.मिन बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता र कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, नीजि क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा शुभारम्भ गरेको हो ।

मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो । कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना “भिजन २०८५” अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले निम्नानुसारका ५ वटा कृषि संरचनाहरुको डिजिटल रुपमा समुद्घाटन गरिएको हो ।

Prabhu
Crest

इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित “प्रादेशिक कार्यालयहरु”, स्याङजा र चितवनमा अवस्थित “फार्म उत्कृष्टता केन्द्र”, कृषिमा लगानी प्रवद्र्धनका लागि “कृषि व्यवसाय परामर्श केन्द्र”, कृषकहरुलाई दैनिक सेवाको लागि “कृषकसंग मुक्तिनाथ कल सेन्टर” र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित “मुक्तिनाथ एप” को एकेसाथ शुभारम्भ गरिएको हो ।

कार्यक्रममा अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकिकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूणर् रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताए ।

मुक्तिनाथ कृषि कम्पनी लि “कृषकसंग मुक्तिनाथ” र “उपभोक्तासंग मुक्तिनाथ” अभियानद्वारा “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले विसं २०७५ साल भाद्र १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS