काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २९ दशमलव ८१ अंकले घटेर १,९६० को विन्दुमा कायम भएको छ । आज ८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २१२ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक राताम्मे भएका छन् । आज १ अर्ब १८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटि होटलको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछाप्च्छ्रे बैंकको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।