Connect IPS
IME Life

नेप्सेमा २९ अंकको गिरावट, कारोबार रकम १ अर्ब १८ करोडमा सिमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २९ दशमलव ८१ अंकले घटेर १,९६० को विन्दुमा कायम भएको छ । आज ८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २१२ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।

आज दिनभरिमा २७६ कम्पनीको ४० लाख ५३ हजार ३६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिी होटलको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछाप्च्छ्रे बैंकको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै लिवर्टी इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले गुमाएका छन् । सिटिी होटलका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS