काठमाडौं । तीन कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सिद्धार्थ बैंकको ३ लाख कित्ता, कुमारी बैंकको ३ लाख ७९ हजार ७९५ कित्ता र जानकी फाइनान्सको ५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।
उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । ईच्छुक खरीदकर्ताहरूले सम्बन्धित कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जनाएको छ ।