काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन्। यी दुई लघुवित्तले भदौ १५ गते, शुक्रबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने भएको छ। साधना लघुवित्त वित्तीय संस्थाको आधारभुत शेयरधनीमा ७ जना रहेका छन् भने सबैको लघुवित्तको आधारभुत शेयरधनीमा २० जना रहेका छन्।
1693708131507