काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर राज पाठक नियुक्त भएका छन् । अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको साउन २२ गतेको पत्र अनुसार पाठकलाई यस कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम आजदेखि लागु हुनेगरी नियुक्त गरिएको हो ।
कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट पाठकले सञ्चालकको पद तथा गोपनियताको सपथ ग्रहण समेत गरिसकेका छन् ।
1693370684334 (1)