Connect IPS
IME Life

नेशनल हाइड्रोपावरले भोलिदेखि अवितरित हकप्रद लिलामी मार्फत बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गते भोलिदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद बिक्री गर्न लागेको हो।

कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये आवेदन परेको ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर, साउन ३० गते बाँडफाँड गरेको थियो। कम्पनीले बाँकी रहेको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।

Prabhu
Crest

सो शेयरका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका, ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्विचोक पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS