काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुकहरुको लागि भदौ २८ गतेबाट भदौ ३१ गतेसम्म उक्त तालिम संचालन गर्न लागेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले कम्पनीमा निवेदन पेश गर्न अग्रह गरिएको छ ।
उक्त तालिम जनकपुर शाखा कार्यालयबाट, जुमबाट पनि सहभागी हुन सकिनेछ । तालिम विहान १० बजेदेखि वेलुका ५ बजेसम्म संचालन हुनेछ । सहभागिता शुल्क १ हजार रुपैयाँ लाग्नेछ । अभिकर्ताको लागि न्युनतम एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्नेछ ।