काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ०९ अंकले बढेर १,९९८ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ९८ करोड ८६ लाख २८ हजार रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफ इनस्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।