Connect IPS
IME Life

बीमा कम्पनीका कर्मचारीलाई इन्स्योरेन्स इन्स्टिच्युटले दियो अण्डराइटिङ्ग तालिम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको आयोजना र नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको समन्वयमा फाइनान्सियल अण्डराइटिङ्ग र मेडिकल अण्डराइटिङ्ग तालिम सम्पन्न भएको छ । उक्त तालिम भदौ ८ देखि भदौ ९ गते सम्म आयोजना गरिएको हो । द एस आर होटल बुटवलमा जीवन तथा निर्जीवन बीमा कम्पनीका अण्डराइटिङ्ग शाखामा कार्यरत कर्मचारीहरुको बृद्धि विकास गर्ने अभिप्रायले यस कार्यक्रमको आयोजना गरिएको हो ।

जीवन बीमा तर्फ फाइनान्सियल अण्डराइटिङ्ग र मेडिकल अण्डराइटिङ्ग सम्बन्धी बिषयमा केस स्टडी समेतलाई समेटी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । उक्त तालिममा लामो समय बीमा क्षेत्रमा काम गरेका अनुभवी प्रशिक्षक द्वय दिग बिजय सिंघल र कमल प्रसाद अर्यालले प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

त्यसैगरी निर्जीवन बीमा कम्पनी तर्फ मोटर अण्डराइटिङ्ग र प्रोपटी अण्डराइटिङ्ग सम्बन्धी विषयमा केस स्टडी समेतलाई समेटी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । उक्त तालिममा प्रशिक्षकको रुपमा प्रतिभा मिश्र र प्रज्वल आचार्यले प्रशिक्षण दिएका हुन् ।

उक्त कार्यक्रममा बीमा प्राधिकरण लुम्बिनी प्रदेशका कार्यालय प्रमुख पूर्ण बहादुर थापा प्रमुख अतिथीको रुपमा उपस्थित भएको कार्यक्रममा इन्स्योरेन्स इन्स्टिच्युटका तर्फबाट गणेश शर्माले कार्यक्रम संचालन गरेका थिए ।

बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको तर्फबाट उक्त तालिममा कर्मचारीहरुको सहभागीता रहेको थियो । सो अवसरमा तालिममा सहभागीहरुले आफूले व्यवहारिक ज्ञान सिकेको र सो ज्ञानलाई व्यवहारमा उतार्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS