Connect IPS
IME Life

‘देशहरुसँग सम्बन्ध बिस्तारका लागि खेलकुद उत्तम माध्यम होः मन्त्री लिम्बू

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद हरेक देशसँग सम्बन्ध सुधार गर्ने र देशको पहिचान उच्च बनाउने उत्तम माध्यम भएको बताएका छन् । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र भारतीय राजदुतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आयोजित ‘आऔं खेल खेलौं’ खेलकुद दिवस उद्घाटनका अवसरमा मन्त्री लिम्बूले खेलकुदको महत्वबारे धारणा व्यक्त गरेका हुन् ।

महाराजगञ्जस्थित प्रहरी एकेडेमी मैदानमा एकदिने प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री लिम्बूले उद्घाटन गर्नुभएको थियो । सो खेलकुद दिवस उद्घाटनका अवसरमा मन्त्री लिम्बूले खेलकुदको माध्यमबाट युवालाई अगाडि बढाउन सक्ने उल्लेख गर्दै बालबालिकालाई त्यसतर्फ प्रोत्साहित गर्नुपर्ने बताए ।

Prabhu
Crest

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । समावेशी र तन्दुरुस्त समाजको लागि एक माध्यमको रूपमा खेलकुद भन्ने नाराका साथ यो कार्यक्रम आयोजना भएको हो ।

खेलकुद दिवसमा नेपाल र भारत दुवै देशका परम्परागत खेल खो–खो, कबड्डी, पानढुंगे ९सटोलिया०, रुमाल लुकाई र टग अफ वार ९तान डोरी० खेलाइएको थियो । यी खेलहरूमा विभिन्न नौ विद्यालयका सातदेखि १२ कक्षासम्मका १ सय २० भन्दा बढी विद्यार्थीहरू, सहभागी भए ।

उद्घाटनको अवसरमा भारतीय दुतावास र नेपालका सेलिब्रिटीबीच भएको डोरी तान प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता दुतावासले नेपाली चलचित्रका नायक निखिल उप्रेती र तेक्वान्दोका खेलाडी दीपक विष्ट सम्मिलित सेलिब्रिटीको टोली २–१ ले हरायो ।

शुक्रवार नै प्रहरी प्रशिक्षण केन्द्रमा भएको कबड्डीमा नेपाल पुलिस क्लवले भारतीय दुतावासको टोलीलाई हराएको थियो । शुक्रवार नै कार्यक्रम समापनको अवसरमा सहभागी टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल तथा भारतमा खेलिने मौलिक एवं परम्परागत खेलकुदको जगेर्ना गर्दै नयाँ पुस्तालाई यी खेलबारे अभ्यस्त गराउन भारतीय दुतावास काठमाडौं र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले पहिलोपटक आयोजना गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS