काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्रा. लि.( शेयर दलाल नं.६५ ) ले आज भदौ ८ गते औपचारिक उद्घाटन गरेको छ । कम्पनीले आज भदौ ८ गते गतेका दिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबाट आफ्नो औपचारिक समुद्घाटन सम्पन्न गराएको छ । कम्पनीले जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको छ ।
उद्घाटन कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिदैं उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुदैं जाने विश्वास व्यक्त गरे । ग्राहकहरुको सन्तुष्टिमा नै कम्पनीको प्रगती भर पर्ने कुरामा जोड दिए ।
आफ्नो उद्घाटनको शुभ उपलक्ष्यमा कम्पनीले साता व्यापी कार्यक्रम “शुभारम्भ सप्ताह” समेत सार्वजनिक गरेको छ ।