IME Life
GBIME

समृद्धि फाइनान्सले ल्यायो समृद्धि बचत धमाका योजना

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले समृद्धि बचत धमाका योजना ल्याएको छ । कम्पनीले बचतकर्ताको बचत गर्ने बानी लाई प्रोत्साहन गर्ने उद्देश्यले यस योजना ल्याएको हो । उक्त  योजनामा न्युनतम ५० हजारबाट यस खाता खोल्न सकिने, निक्षेप धितोको ९० प्रतिशतसम्म कर्जा पाइने दैनिक ब्याजदर गणनाा हुने जनाएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७१ महिना ५ दिनमा दोबर, ११२ महिना २३ दिनमा तीन गुणा, १६५ महिना ६ दिनमा पाँच गुणा र २१३ महिना १३ दिनमा आठ गुणा सम्म बढाउन सक्ने छन् ।

Crest

साथै रेमिट्यान्स् बचत धमाका योजना अन्तर्गत बचत कर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोबर, ८९ महिना १४ दिनमा तीन गुणा, १३४ महिनामा पाँच गुणा र १६८ महिना २१ दिनमा आठ गुणा सम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन् ।

कम्पनीले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ । बचतमा १० प्रतिशत सम्म र मुद्दतीमा १२.५० प्रतिशत सम्म ब्याजदर प्रदान गरिरहेको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको बताएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS