Connect IPS
IME Life

मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउँछौः मन्त्री बस्नेत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउने बताएका छन् । बिहीवार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउने बताएका हुन् ।

उनले यसको निम्ति विगतको अनुभवसहितलाई समेत मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउनलाई ध्यान दिइने उनले उल्लेख गरे। उनले पूर्वसूचना प्रणालीलाई पनि जनमानसमा अझ व्यापक गर्नुपर्नेमा जोड दिए । यसको निम्ति नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने काम सरकारले गर्ने समेत उनले बताए ।

Prabhu
Crest

उनले भने, ‘हामी अत्यन्त जिम्मेवारीका साथ र पूर्वानुमानलाई अझ अनुमानयोग्य कसरी बनाउने, अझ भरपर्दो कसरी बनाउने? पूर्व सूचना प्रणालीलाई अझ व्यापक कसरी बनाउने ? के हुँदैछ भन्ने कुरा आम जनताले बुझ्नसक्ने, थाहा पाउन सक्ने सबैले पूर्व जानकारी लिनसक्ने परिस्थितिको सुनिश्चित कसरी गर्ने र हाम्रो पूर्वानुमानलाई कसरी बढीभन्दा बढी व्यवहारिक र अझ बढी यथार्थपरक बनाउने भन्ने विषय नै चुरो कुरा हो ।

पूर्व सावधानीका लागि लिनुपर्ने कुराहरु त सरकारका विभिन्न संयन्त्रहरुले गर्ने कुरा त छदैछ यसैको आधारमा । हामी छलफल पनि गरिरहेका छौँ हाम्रो पूर्वानुमानलाई कसरी अझ भरपर्दो बनाउन सकिन्छ ? त्यसको निम्ति हामीले प्रविधिको क्षेत्रमा, हामीले प्रयोग गरिरहेका स्रोतहरुलाई अधिकतम प्रयोग गरेर हाम्रो अवस्था अनुकुल विश्लेषण गर्ने कुरा अझ जरुरी छ । यसको निम्ति चाहिने प्रविधि, जनशक्तिको कुरा, आवश्यक पर्ने तालिमको कुरा यो सबै बारेमा सरकारले मन्त्रालयको तर्फबाट पर्याप्त ध्यान पु¥याउँछौ । हामी यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्रलाई अझ बढी यथार्थपरक बनाउनेगरी हामी काम अगाडी बढाउँछौँ । के गर्दा अझ बढी यथार्थपरक हुन सक्छ हाम्रो पूर्वानुमानहरु अध्ययन गर्नुस् भनेको छु ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS