काठमाडौं । हिजो बढेको बजार साताको अन्तिम दिन आज घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ५२ अंकले घटेर २,०१३ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०६ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज सबेभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमायाका लगानीकर्ताले ५ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । सिभिल बैंक डिबेञ्चर इकाईधनीले १ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीका इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ५४ प्रतिशतका दरले गुमाएका हुन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ८ प्रशिततका दरले गुमाएका छन् ।