Connect IPS
IME Life

वर्ल्ड ट्रेड सेन्टरमा सुरु भयो तीज मेला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा १४औं संस्करणको तीज मेला सुरु भएको छ । नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सुरु भएको मेलाको एक कार्यक्रमकाबीच अमन फाउण्डेशनकी अध्यक्ष तारादेवी गुरुङले उद्घाटन गरेकी हुन् ।

मेला उद्घाटन गर्दै गुरुङले उद्यम व्यवसायमा महिलाको सहभागिता बढ्दो अवस्थामा रहेको र यस्ता मेला महोत्सवले उद्यशीलता गर्न चाहने महिलालाई सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

Prabhu
Crest

वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले ए एस इभेन्ट्स एण्ड मार्केटिङसँगको सहकार्यमा तीज मेलाको आयोजना गरेको हो । भदौ ६ गतेदेखि सुरु भएको मेला १० गतेसम्म ५ दिन चल्नेछ । मेलामा १०० भन्दा बढी स्टल रहेका छन् । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरुलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको जनाएको छ ।

विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवर्द्धनको लक्ष्य सहित मेला आयोजना गरिएको जनाएको छ । नेपालका साथै छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश र अन्य देशका स्टलहरू मेलामा छन् । मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न सकिने श्रेष्ठले बताए । विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने छन् ।

कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइन लगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डकातर्फबाट मेला अवलोकनकर्ताहरुलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । ट्रेड सेन्टरमा रहेका रेस्टुरेण्टहरुमा अवलोकनकर्तालाई छुटको व्यवस्था गरिनुका साथै विभिन्न किसिमका सामग्रहरुमा भारी छुटको व्यवस्था गरिएको  जनाएको छ ।

डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । अवलोकनकर्तालाई फूड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS