Connect IPS
IME Life

एलआईसी नेपालले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ६४ रुपैयाँ पाउँदा कुन योजनामा कति?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक स्थितीको लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएको बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० भदौ ३ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम ४१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म घोषणा गरेको हो ।

सावाधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजना
यस योजनामा कम्पनीले प्रतिहजार न्युनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म बोनश दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि माथि अवधिको लागि प्रतिहजार ६१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।
यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको २ लाख ११ हजार ४६० वटा बीमालेख खरिद भएका हुन । यस अवधिमामा बीमितले प्रतिहजार ५३ रुपैयाँ बोनस पाउनेछन् ।

Prabhu
Crest

जीवन आन्नद (३४२)
यस जीवन बीमा(३४२) योजनामा कम्पनीले प्रति हजार ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।
यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १ लाख १४ हजार ८७० वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् ।

बाल सावाधिक(३४९) बीमा योजना
बाल सावाधिक(३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको ९३ हजार १९५ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस पाउनेछन् ।

धन वृष्टि (३५८)
यस योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ र १५ वर्षेका लागि ५६ रुपैयाँ बोनस दिने भएको छ ।

धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजना
यस बीमा योजनामा कम्पनीले २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १५ सय २२ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।

बाल ममता ३४०, बाल स्नेह ३४१
यस योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि प्रति हजार प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १७ हजार ७४० वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।

आजीवन बीमा योजना ३४५, नयाँ जीवन तरंग ३६०
यस योजनामा कम्पनीले १० वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५१ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १८ हजार २५६ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् ।

लघु सावाधिक(३५४)
यस योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

जीवन बचत ३५९ योजना
यस योजनामा कम्पनीले ५ देखि ९ वर्षका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५६ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ६१ रुपैयाँ बोनश सदने घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २५ वर्षदेखि माथिको योजना खरिद भएको छ । यस अवधिको ७१४ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ६१ रुपैयाँ बोनस पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%

खुसी

38%

दु :खी

31%

अचम्मित

0%

उत्साहित

15%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS