काठमाडौं । लक्ष्मी सनराइज बैंकको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । मंगलबारदेखि सिडीएसले लगानीकर्ताको डिम्याट खातामा शेयर पठाएको हो । कम्पनीको शेयर एलएसएल (LSL) सिम्बलबाट डिम्याट खातामा आएको छ । साविकको लक्ष्मी बैंक र साविक सनराइज बैंकको शेयर लक्ष्मी सनराइज बैंकको नामबाट डिम्याट खातामा शेयर आएको हो ।
अब नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंकको शेयर सुचिकृत भएपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने छन् । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर असार २९ गते देखि संयुक्त रूपमा एकिकृत कारोबार शुरु गरेका हुन्।