IME Life
GBIME

नेप्सेमा गिरावट कायमै, १ अर्ब ४० करोडको कारोबार हुँदा १७१ कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो पनि २१ अंकले घटेको बजार आज साताको दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९३ अंकले घटेर १,९९८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मुल्य बढेको छ भने १७१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७२ कम्पनीको ४१ लाख ६३ हजार ८७२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, आइएमई लाइफको ५ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्था र आजबाट कारोबारमा आएको कुथेली बुखरीका लगानीकर्ताले कमाउका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामलिङ पावरका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS