काठमाडों । ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज आइतबार एक समारोह बीच आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गर्न सम्झौता गरेको हो ।
उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।