Connect IPS
IME Life

भियतनामी राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । यससँगै राजदूत न्गुयेनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ सरकारी अधिकारीहरुसँग शिष्टाचार भेटघाट गरेका छन् ।

राजदूत न्गुयेनले प्रधानमन्त्री दाहालसहित सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेटघाट गरेका हुन् ।

Prabhu
Crest

राजदूत न्गुयेनले नयाँ दिल्लीस्थित दूतावासमार्फत नेपालका लागि भियतनामी राजदूतको जिम्मेवारी सम्हालिरहेका छन् । भेटमा राजदूत न्गुयेनले नेपाल र भियतनामबीच सिधा हवाई उडानसहित व्यापार तथा लगानी प्रवर्द्धनका निमित्त सहकार्य गर्ने प्रस्ताव राखेका थिए । उनले सिधा हवाई उडानमार्फत नेपाल भ्रमण गर्न इच्छुक बुद्धमार्गी भियतनामीहरुलाई सहज हुने र नेपाली नागरिकले पनि अष्ट्रेलिया तथा युरोपको ट्राञ्जिट सुविधा पाउने धारणा राखेको जनाइएको छ ।

राजदूत न्गुयेनले भियतनाम भ्रमण गर्न इच्छुक नेपालीहरुका लागि काठमाडौंस्थित कन्सुलर कार्यालयबाटै भिसा जारी गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी गराएका छन् । दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको भन्दै यसको समाधानका लागि दुवै मुलुकको पहलकदमी जरुरी रहेको उनको भनाइ छ ।

राजदूत न्गुयेनसँगको भेटमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री दाहाल लगायतले भियतनामको तीव्र आर्थिक विकासबाट नेपाल प्रभावित रहेको उल्लेख गर्दै नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका निमित्त सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

भेटमा सहभागी भियतनामका लागि अवैतनिक वाणिज्यदूत ९कन्सुलर० राजेशकाजी श्रेष्ठले व्यापार सहजीकरण र पर्यटन प्रवर्द्धनका निमित्त सिधा हवाई उडानको तयारी गर्ने र ई–भिसा लागू गर्नेसम्बन्धी विषयमा दुवै मुलुकका अधिकारीहरुबीच साझा धारणा बनेको छच ।

भियतनाममा रहेका बुद्धमार्गीहरुलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन नेपाली पक्षले राजदूतसमक्ष आग्रह गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS