Connect IPS
IME Life

आइएमई लाइफ सुर्खेत कार्यालयको आयोजनामा र्याली सहित रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सको कर्णाली प्रदेश सुर्खेत कार्यालयको आयोजनामा र्याली सहित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइएमई लाइफले आफ्नो छैटौ बार्षिक उत्सवका अवसरमा कर्णाली प्रदेश सुर्खेत कार्यालयले बीमा सम्बन्धि सचेतना फैलाउन उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बीमा अभिकर्ताहरुको उत्साहजनक सहभागिताका साथ बजार र्याली सम्पन्न भएको कार्यालय प्रमुख धिरेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार बजार र्‍यालीपछि औपचारिक कार्यक्रम समापन गरेर रक्तदान गरिएको हो । रत्तदान कार्यक्रममा सहभागीमध्ये १५ जनाले रत्तदान गरेका छन् ।

Prabhu
Crest

औपचारिक कार्यक्रममा बोल्दै बीमा प्राधिकरण कणरली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले पछिल्लो समय जीवन बीमा कम्पनीहरुमध्ये आइएमई लाइफ इन्सोरेन्सले पनि राम्रो काम गरेको बताए । बजारमा बीमा भन्ने वित्तिकै नागरिकले नाम खुम्च्याउने स्थिति रहेको भन्दै यसबारे कमिकमजोरी पत्ता लगाउन पनि प्राधिकरणले छलफल गरिरहेको उनको भनाइ छ ।

नागरिकलाई बीमा गर्न उत्साहित बनाउनुपर्नेमा बीमा अभिकर्ताले जोड दिनुपर्ने उनको सुझाव छ । अभिकर्ताको व्यवहारबाट वीमितहरु बीमा गर्न इच्छुक हुने भन्दै आइएमई लाइफका अभिकर्ताहरु अरुभन्दा फरक भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

बीमा व्यवसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेतापनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्‍याउन लागिपर्नुपर्ने सोडारीले बताए ।

कार्यक्रममा बोल्दै आइएमई लाइफ इन्सोरेन्स कणरली र लुम्बिनी प्रदेश प्रमुख प्रेमप्रसाद तिमिल्सिनाले आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने बताउँदै आत्मसाहसका साथ बीमितको हितमा काम गर्न अभिकर्तालाई उनले सल्लाह दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS