Connect IPS
IME Life

ओरिएण्टल इन्स्योरेन्सको नाफा ३७ प्रतिशतले बढ्यो, बीमा कोषको आकार १ अर्ब ३५ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ५१ करोड ७६ लाख ८१ हजार रुपैयाँ संचिती गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ७५ लाख ८२ हजार रुपैयाँ संचिती रहेको थियो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको बीमा कोषको आकार १ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ रहेको छ । अघिललो वर्ष कम्पनीको यसै अवधिमा बीमा कोष १ अर्ब १५ करोड थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ४० करोड १ लाख नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिमा ३७ प्रतिशतले नाफा बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ९७ करोड ४९ लाख ६२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९० करोड ५६ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा ७ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ५८ करोड ३३ लाख ५६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५७ करोड ६२ लाख २९ हजार दाबी भुक्तानी गरेको थियो । कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या ९९२ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS