Connect IPS
IME Life

जीवन बीमा कम्पनीहरुको एक्चुअरी भ्यालुएसन अघिको नाफा ४ अर्ब ६४ करोड, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुले नाफा ३४ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । आर्थिक मन्दीका कारण पुरै अर्थतन्त्र नै खस्केको समयमा जीवन बीमा कम्पनीहरुले भने नाफा बढाएका हुन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा यस अवधिसम्ममा कम्पनीहरुले ४ अर्ब ६४ करोड ८ लाख ९७ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ३ अर्ब ४५ करोड १९ लाख ७२ हजार कमाएका थिए । यस अवधिसम्मको विवरण हेर्दा ४ कम्पनीको मुनाफा भने प्रभावित देखिन्छ । तर, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी भ्यालुएशन पछि मात्रै कम्पनीहरुको वास्तविक नाफा आउने भएकाले अडिट पछि यी नाफा प्रभावित भएका कम्पनीहरुको पनि बढ्न सक्छ ।

Prabhu
Crest

बृद्धिदरको आधारमा सन नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिका तुलनामा नाफा १६४ प्रतिशतले बढाएर ५६ करोड ६५ लाख आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २१ करोड ४६ लाख कमाएको थियो ।

यस विवरणको आधारमा नाफा घट्ने कम्पनीहरु
नेशनल लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । मेट लाइफको नाफा अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा ३५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । एशियन लाइफको नाफा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा २४ करोडमाथि नाफा आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानको नाफा २ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा ७ करोड २ लाख आर्जन गरेको छ ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले नाफा कमाएको छ । कम्पनीले यस अवधिमा ६७ करोड ४४ लाख नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ३५ करोड २७ लाख घाटामा थियो । दोस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा नाफा ४२ प्रतिशतले बृद्धि गरी ५८ करोड १३ लाख आर्जन गरेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफले अघिल्लो वर्षको तुलनामा नाफा २३ प्रतिशतले बढाएर ४६ करोड ३ लाख आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले अघिल्लो वर्षको तुलनामा नाफा ५७ प्रतिशतले बढाएर ४३ करोड २२ लाख आर्जन गरेको छ । आइएमई लाइफले अघिल्लो वर्षको तुलनामा नाफा ८७ प्रतिशतले बृद्धि गरी २४ करोड ८ लाख कमाएको छ । सानिमा रिलायन्स लाइफले अघिल्लो वर्षको तुलनामा नाफा ३७ प्रतिशतले बढाएर २१ करोड ९३ लाख आर्जन गरेको छ ।

त्यसैगरी सिटिजन लाइफले अघिल्लो वर्षको तुलनामा नाफा ६५ प्रतिशतले बृद्धि गरी २० करोड ११ लाख आर्जन गरेको छ । एलआइसी नेपालले यस अवधिमा १२ करोड ४६ लाख नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख घाटामा थियो । प्रभु महालक्ष्मी लाइफले अघिल्लो वर्षको तुलनामा नाफा ४४ प्रतिशतले बृद्धि गरी १० करोड ५० लाख आर्जिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

33%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS