IME Life
GBIME

आज बढ्यो नेप्से, साढे १ अर्बको कारोबार हुँदा १३५ कम्पनीको शेयर मुल्यमा बृद्धि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेको बजार आज नेप्से परिसूचक ८ दशमलव ०१ अंकले बढेर २,०३३ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज १३५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७१ कम्पनीको ४० लाख ९ हजार २६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, हिमालयन लाइफको ७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । अपर साँङगे हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS