Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीको अधिकांश सूचक उत्साहजनक, नाफा ६३% ले बढ्दा बीमा कोष ३ अर्ब ५ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा आकर्षक प्रगति देखिएको छ ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७७ करोड १५ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ संचिती रहेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती बढी हो ।

Prabhu
Crest

कम्पनीको बीमा कोषको आकार बृद्धि भएर ३ अर्ब ५ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको बीमा कोष २ अर्ब ६६ करोड थियो ।

समिक्षा अवधिमा कम्पनीले ७७ करोड २५ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३४ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा नाफा ६३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ३७ करोड २१ लाख १६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क ७ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ७ करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले बढी दाबी तिरेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४ करोड २ लाख दाबी तिरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २८९ रुपैयाँ ७३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १५ सय १४ रुपैयाँ ४७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS