Connect IPS
IME Life

रिलायबल नेपाल लाइफको अधिकांश सूचकमा प्रगति: जगेडा कोष ३६% ले बढ्यो, बीमा कोषमा ६ अर्ब ६३ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद बीमा शुल्कमा सामान्य गिराट आएपनि अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ । नाफामा लाइफ इन्स्योरेन्स कम्पनीहरुको नाफा एक्चुअरी भ्यालुएशनपछि बास्तविक नाफा आउनेछ

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ९ करोड ९ लाख रुपैयाँ संचिती थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती रकम बढेको हो ।

Prabhu
Crest


समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ६० करोड ४९ लाख थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा कोष ४४ प्रतिशतले बढेको हो ।  कम्पनीको महा विपत्ती कोषमा १५ करोड ५ लाख संचिती छ ।

यस अवधिमा कम्पनीले ४३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४८ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५७ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ७७ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीले १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७१ करोड ७७ लाख दाबी तिरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले ५६ प्रतिशत बढी दाबी तिरेको हो । भुक्तानी हुन बाँकी दाबी ८८ करोड १८ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS