Connect IPS
IME Life

नेको इन्स्योरेन्सको खुद नाफा ५५ करोड ३१ लाख, बीमा शुल्क आर्जन १ अर्ब ६५ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य बृद्धि देखिएको छ भने खुद बीमा शुल्क र खुद दाबी घटेको छ ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४९ करोड १३ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५० करोड ४९ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती घटेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ३५ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ५५ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा सामान्य बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा गिरावट आएको हो ।

यस अवधिमा कम्पनीले ८७ करोड १४ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ८७ करोड २६ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा सामान्य कम दाबी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २७९ रुपैयाँ १० पैसा रहेको छ । पिइ अनुपात ३२.४२ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS