काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले सेबोनमा गत साउन २४ गते निवेदन दिएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । सेबोनले अनुमति दिएपछि कम्पनीले १ः१ अनुपातमा हकप्रद विक्री गर्नेछ । अरुण भ्याली हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।