Connect IPS
IME Life

यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो, जगेडा कोषमा ६१ करोड संचिती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क बाहेक अधिकांश सूचकमा बृद्धि भएको छ । मर्जरपछि यस कम्पनी अब्बल बन्दै आएको छ । अघिल्लो वर्षको तुलनामा समिक्षा अवधिमा कम्पनीले जगेडा कोषमा २१४ प्रतिशत संचिती बढाउन सफल भएको छ ।

१ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६० करोड ९७ लाख रुपैयाँ संचती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ संचिती थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जगेडा कोषमा संचिती बढेको हो ।
समिक्षा अवधिमा कम्पनीको बीमा कोष ७४ करोड ७२ लाख १९ हजार रहेको छ । अघिल्लो वर्ष कम्पनीको बीमा कोषको आकार ४२ करोड २ लाख थियो । कम्पनकिो महा विपत्ती कोषमा ३ करोड १९ लाख संचिती रहेको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४४ प्रतिशतले बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ६१ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद ब्यवसाय १७ प्रतिशतले गिरावट भएको छ ।

कम्पनीले खुद दाबी भुक्तानी १४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले यस समिक्षा अवधिमा ४१ करोड ५१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ६१ पैसा रहेको छ भने किताबी मुल्य १७२ रुपैयाँ ९३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

43%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS