Connect IPS
IME Life

सूर्योदय वोमी लघुवित्तको नाफामा गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ७ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Prabhu
Crest

यस अवधिमा लघुवित्तको सञ्चालन आम्दानी ४३.६९ प्रतिशतले घटेर ११ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१.९२ प्रतिशतले बढेको छ । लघुवित्तको वितरणयोग्य मुनाफा भने ६ करोड ९० लाख रुपैयाँ रहेको छ ।

९१ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा एक अर्ब २२ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । यस अवधिसम्ममा लघुवित्तले ४ अर्ब ५४ करोड ८४ लाख लाख निक्षेप तथा सापटीबाट १० अर्ब ४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६३ पैसाबाट घटेर ८ रुपैयाँ ७५ पैसा कायम भएको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५५ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS