IME Life
GBIME

चौथो त्रैमासमा आइजिआई प्रुडेन्सियलको सन्तोषजनक प्रगति: खुद नाफा ५२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साविक आइएमई जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक बर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५६ करोड ८३ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २७ करोड ८४ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती बृद्धि भएको छ । मर्जरपछि यस कम्पनी बलियो बनेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५५ करोड ६१ लाख थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

Crest

समिक्षा अवधिमा कम्पनीले २६ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १२ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ५२ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ८५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील ६४ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ३२ प्रतिशतले बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले ४३ करोड ३६ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३८ करोड ४९ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६५ रुपैयाँ १२ पैसा रहेको छ । पिइ अनुपात ४३.५८ गुणा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS