Connect IPS
IME Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ५९% ले बढ्यो, नाफा ३६ करोड ३५ लाखमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साविक सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको सिद्धार्थ प्रिमियरले आर्थिक बर्ष २०७९ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८९ करोड ५६ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ७५ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको बीमा कोष २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब २ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ३६ करोड ३५ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ४ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा सामान्य बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १४ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील ७१ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ५९ प्रतिशतले बृद्धि हो ।

यस अवधिमा कम्पनीले ७९ करोड ८० लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ४४ करोड ७ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ८४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२५ रुपैयाँ ९१ पैसा रहेको छ । पिइ अनुपात ४१.३१ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS