IME Life
GBIME

हिमालयन एभरेष्टको नाफामा उल्लेख्य बृद्धि, अधिकांश सूचकमा देखियो उत्साहजनक प्रगति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

२ अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६९ करोड ८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ३१ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ९ करोड ४४ थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

Crest

समिक्षा अवधिमा कम्पनीले ४० करोड ६ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १८४ दशमव ८४ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वषृको यसै अवधिमा कम्पनील ८५ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ३८ प्रतिशतले बृद्धि हो ।

यस अवधिमा कम्पनीले ६० करोड १५ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५८ करोड ३७ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ४१ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १८८ रुपैयाँ ६८ पैसा रहेको छ । पिइ अनुपात ३४.४७ गुणा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS