Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १९ प्रतिशतले बढ्दा नाफा ४० करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

१ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४९ करोड २७ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४० करोड १९ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको बीमा कोष ९५ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ७५ करोड ३२ थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ४० करोडमाथि खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ४० लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ९ दशमव ८८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वषृको यसै अवधिमा कम्पनीले ६६ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा १९ प्रतिशतले बृद्धि हो ।
यस अवधिमा कम्पनीले २९ करोडमाथि खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा २८ करोड १५ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी सामान्य बढी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ७६ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १९६ रुपैयाँ ७० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS