काठमाडों । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट अन्तिम स्वीकृति पाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आयोगबाट अन्तिम स्वीकृति पाएको हो ।
कम्पनीको असार ८ गते सबेको बिशेष साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर निष्काशन गर्नेछ ।
उक्त हकप्रद शेयर नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपश्चात लगानीकर्तामा निष्काशन गर्नेछ ।