काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा भदौ २१ गते गर्ने भएको छ। साउन २५ गते बसेको संचालक समितिको बैठकले कुमारी बैंक टंगाल काठमाडौंमा साझ ५ :३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरेर पारित गर्ने छ । त्यस्तै सभाले कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।