काठमाडौं । घोराही सिमेन्टको पहिलो कारोबार दिन कम्पनीको बजार मूल्य ५०९ मा बन्द भएको छ । ५६५ दशमलव ५० मा कम्पनीको पहिलो कारोबार भएकोमा आज बजार मूल्यमा नकारात्मक सर्कीट लागेको छ । कम्पनीको बजार मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको हो । आज कम्पनीको २३ करोड १५ लाखको कारोबार भएको छ ।
आजको फ्लोरसिट हेर्दा कम्पनीको शेयर ब्रोकर नम्बर ४२ बाट सर्वाधिक रकमको खरीद भएको छ । ४२ नम्बर ब्रोकरबाट कम्पनीको २ करोड २३ लाख बराबरको खरीद भएको छ । त्यस्तै विक्री तर्फ ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको विक्री भएको छ। ब्रोकर नम्बर ५८ बाट २ करोड ९१ लाखको विक्री भएको छ ।