Connect IPS
IME Life

न्यून भाेल्टेजका कारण पम्प नचलेपछि सिंचाई गर्न पाएनन् धनगढीमाईका किसानले

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं । न्यून भाेल्टेजकाे विद्युत आपूर्तीका कारण सिराहाकाे धनगढीमाई नगरपालिकाका किसानले खेतमा सि‌ंचाई गर्न पाएका छैनन् ।आकाशे पानीमा निर्भर रहेकाे धनगढीमाई नगरपालिका वडा ७ र ८ का किसानले यसवर्ष वर्षात् नभएकाले माेटरकाे सहायताले भूमीगत पानी तानेर सि‌ंचाई गर्ने प्रयास गरे पनि न्यून भाेल्टेजका कारण सि‌ंचाईकाे व्यवस्था गर्न नसकेका हुन् ।

स्थानीय बासिन्दाका अनुसार नेपाल विद्युत प्राधिकरणले पर्याप्त मात्रामा ट्रान्सफर्मर जडान र आवश्यक्ता अनुसारकाे भाेल्टेज सहितकाे विद्युत आपूर्ती नगर्दा पानी तान्ने माेटर चलाउनका लागी भाेल्टेज अपुग हुँदा सिंचाई गर्न नसकेका हुन् । धनगढीमाई नगरपालिकाले कृषीकाे प्रवर्द्धनका लागी सामूहिक सिंचाई प्रयाेजनमा ल्याइने विद्युतकाे उपभाेगवापतकाे खर्च अनुदान दिने घाेषणा गरे पनि भाेल्टेज नभएकाले किसानले माेटर र पम्प चलाउन पाएका छैनन् ।

Prabhu
Crest
स्थानीय किसान

स्थानीय किसान ध्यानी महत्ताेले पानी तान्ने माेटर चल्न सक्ने क्षमताकाे विद्युत आपूर्ती भइ दिए किसान आफै‌ंले पनि बिजुलीकाे बिल भुक्तानी गर्न तयार रहेकाे प्रतिकृया दिए । उनले भने, नगरपालिकाले पहल गरेरै भएपनि पर्याप्त भाेल्टेजकाे व्यवस्था मिलाई दिए बिल हामी आफै‌ं पनि तिर्न तयार छाैं । उनले धारामा पानी नहुँदा शाैचालय जाने बेलामा इनारबाट पानी बाेकेर जानुपर्ने र पर्याप्त पानी नहुँदा शाैचालय पनि दुर्गन्धित भएकाे गुनासाे समेत गरेका छन् ।

गाउँ नजिकै खेतमा सिंचाईका लागी डिप बाेरिङ र ट्रान्सफर्मर समेत जडान भइसक्दा पनि न्यून भाेल्टेजकै कारण सि‌ंचाई गर्न नसक्दा यसवर्षकाे धान राेपाइँ प्रभावित हुन पुगेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS