काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा र उपशाखाकाे इन्चार्ज पदका लागि केही संख्यामा दरखास्त आह्वान गरेकाे छ। यसैगरी अन्डरराइटरका लागि अधिकृत पदमा २ जना, र सहायक तथा बजार अधिकृत पदका लागी समेत केही संख्यामा कर्मचारी नियुक्तका लागी आवेदन माग गरेको हो ।
अधिकृत पदका लागी कम्तीमा स्नातककाेत्तर तह उतीर्ण र ३ वर्षकाे कार्य अनुभव वा स्नातक तह उतीर्ण र ५ वर्षकाे अनुभव हुनुपर्ने शर्त छ । यसैगरी सहायक तथा बजार अधिकृत पदका लागी स्नातक तह उतीर्ण र १ वर्षकाे कार्य अनुभव वा प्रमाण पत्र तह उतीर्ण र ३ वर्षकाे कार्य अनुभव भएकाे हुनुपर्ने शर्त छ ।
कुन कुन क्षेत्रका लागी आवेदन खुल्ला गरिएकाे भन्ने बारेमा सूचनामा केही उल्लेख छैन। इच्छुक उम्मेदवारले आफूलाई पायक पर्ने क्षेत्र आवेदनमा खुलाउन सक्नेछन् ।
ईच्छुक योग्य उम्मेदवारले साउन ३२ गतेभित्र आवेदन दिन सक्नेछन् ।