Connect IPS
IME Life

जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३१ अर्ब २३ करोड प्रथम बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को असार महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३१ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यी कम्पनीहरुले यस अवधिसम्ममा ३१ अर्ब २३ करोड ७७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा यी कम्पनीहरुले १ करोड ४१ लाख ३७ हजार १०२ वटा बीमालेख जारी गरी कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

Prabhu
Crest

यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६ अर्ब ५६ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ८७ करोड २१ लाख रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेको छ । तृस्रोमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेको छ ।
त्यस्तै, एलआइसी नेपालले २ अर्ब ३८ करोड ६० लाख, हिमालयन लाइफले २ अर्ब २८ करोड ५४ लाख, सिटिजन लाइफले १ अर्ब ९४ करोड ३३ लाख, सानिमा रिलायन्स लाइफले १ अर्ब ८६ करोड ५८ लाख, सन नेपाल लाइफले १ अर्ब ७६ करोड ५२ लाख, एशियन लाइफले १ अर्ब ५४ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

त्यसैगरी रिलायबल नेपाल लाइफले १ अर्ब ५० करोड ६२ लाख, आइएमई लाइफले १ अर्ब ४३ करोड ३३ लाख, मेट लाइफले १ अर्ब २४ करोड ८६ लाख, राष्ट्रिय बीमा संस्थानले९५ करोड ३० लाख प्रभु लाइफले ६६ करोड ३ लाख र महालक्ष्मी लाइफले ४९ करोड १० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS