Connect IPS
IME Life

जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १ खर्ब ४२ अर्बमाथि, कुनले कति गरे? (तथ्याङक सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को असार महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कूल १ खर्ब ४२ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्ममा १ करोड ४१ लाख ३७ हजार १०२ वटा बीमालेख जारी गरी कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३७ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा १६ अर्ब ४३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ८९ करोड, सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड, एशियन लाइफले ७ अर्ब १ करोड, सिटिजन लाइफले ५ अर्ब ८९ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

Prabhu
Crest

त्यसैगरी यस अवधिसम्ममा मेट लाइफले ५ अर्ब २६ करोड, आइएमई लाइफले ४ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड, सन नेपाल लाइफले ३ अर्ब ७८ करोड, प्रभु लाइफले २ अर्ब ७ करोड र महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

11%

दु :खी

22%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS