Connect IPS
IME Life

जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् । २९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालीहरुका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताए । उनले नेपालमा जातिय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताएका छन् । पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने र पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने उनको भनाई ।

Prabhu
Crest

अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताए । पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उनको भनाई छ । उनले भने, ‘एउटा कुरा म साथीहरुलाई के भन्न चाहन्छु भने यदी कुनैपनि हिसावले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबिचमा विद्धेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिदैन । हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ ।

देशको विकास हुन्छ । देश अगाडी बढ्छ । देश आधुनिक हुन्छ र समृद्ध नेपाल सुखि नेपाली हामी बनाउन सक्छौँ । समृद्ध नेपाल सुखि नेपाली भनेको सबै जाति, भाषा, संस्कृतिका सबै भुगोलमा बस्ने सबै व्यवसायका जनताको कुरा हो । पहिचानलाई विकृत रुपमा हामीले लिनु हुँदैन । पहिचान सकारात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपर्दछ । देशको हीतका लागि पहिचान हो ।

पहिचानको मुद्दा घृणा फैलाउनका लागि होइन । विद्वेषका लागि होइन । मित्रता बढाउनका लागि हो । प्रेम फैलाउनका लागि हो । त्यसकारण यस दिशामा अगाडी बढौँ भन्ने म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्म निरपेक्ष बनाइएको बताए ।

उनले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरुको नाम पनि साझा भुगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताए । उनले प्रदेशहरुको नामाकरण साझा रुपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उल्लेख गरे ।

उनले भने ‘हामीले धर्म निरपेक्ष किन भन्यौँ ? राज्य एउटा जाति विशेषको होइन यो । सम्पूर्ण नेपालीको राज्य हो । एउटा नश्ल विशेषको, एउटा वर्ण विशेषको, एउटा भुगोल विशेषको होइन । राज्य सबै नेपालीको हो । सिंगो नेपाल, सिंगो नेपालीको राज्य हो यो । त्यसकारण यहाँ एउटा धर्मको राज्य भन्नेकुरा हुँदैन । एउटा धर्मको राष्ट्र भन्नेकुरा हुँदैन । राज्य निष्पक्ष हुन्छ । त्यहाँ विभिन्न धर्म मान्ने मान्छेहरु हुन्छन् । विभिन्न जातका मान्छेहरु हुन्छन् । राज्य सबैका समान समानता दिन र समान रुपमा सेवा गर्न राज्य बनेको हुनुपर्छ । काम गरेको हुनुपर्छ र गर्छ । त्यसअर्थ राज्य कुनै एउटा धर्म विशेषको, जात विशेषको होइन ।

त्यसकारण हामीले देशको नाम पनि नेपाल राखेका छौँ । जाति विशेषका होइन । हाम्रा प्रदेशका नामहरु पनि हामीले साझा, भुगोल आधारित, नदीनाला आधारित । गण्डकी, कर्णाली, कोशि प्रदेश, वागमती प्रदेश खोलाको नामबाट राखेका छौँ । सुदूरपश्चिम साझा भुगोलका नाममा राखेका छौँ । मधेस प्रदेश साझा भुगोलका नाममा राखिएको छ । लुम्बिनी प्रदेश साझा भुगोलकै नाममा, भुगोलबाट चिनिएको, संस्कृतिसँग पहिचान भएको त्यस्तो खालको नाममा राखेका छौँ ।

उनले अन्य देशका तुलनामा नेपालमा आदिवासी, जनजाति र दलित समुदायले अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका बताएका छन् । एमालेले स्थापनाकालदेखि नै सामाजिक न्याय र समानताका लागि कुरा उठाएको उल्लेख गर्दै आफुहरु सबैलाई अधिकार सम्पन्न बनाउने पक्षमा रहेको उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS